Tuesday, June 19, 2012

लिम्बुवानको सुक्खिम र ताजे:लुंग थुम दूई लाखमा बिक्री. (हाल सिक्किम र दार्जिलिंग)

९ मे, १८१४ देखि २ डिसेम्बेर, १८१५ सम्म ब्रिटिश ईन्डिया तथा नेपाल बिच युद्ध भयो. उक्त युद्धमा नेपाल पराजित भयो. २ डिसेम्बेर, १८१५ को सुगौली सन्धिमा ३ खण्ड को १ खण्ड नेपाली भूभाग नेपालले ब्रिटिश इंडियालाई सुम्पिनु पर्यो. जबकी ब्रिटिश इन्डिया तथा नेपाल युद्ध लिम्बुवानमा नभई सप्ताकोशो नदीपारी बुटवल, भिखाखोरी ( अम्लेखगंज) र मकवानपुर मा मात्र भएको थियो. यध्यपी ब्रिटिश इन्डियाका गभर्नर जनरल लर्ड हेस्टीग तिब्बत ब्यापार गर्नका लागि सिक्किम लाई ब्यापार मार्ग बनाउन चाहन्थे. इन्डियाले नेपाललाई नजराना दिने छ भनि लर्ड हेस्टिंगसले राजा गिवार्णयुद्ध विक्रम शाहालाई प्रलोभन देखाए. तेसैले सुगौली सन्धिमा ब्रिटिश इन्डियाबाट नेपालले प्रति वर्ष २ लाख पाउने सर्तमा मेची नदि पूर्व, टिस्टा नदि पश्चिम जलालगड उतर र जोगवनी/गलगलिया दक्षिणको लिम्बुवान भूभागलाई गिवार्णयुद्ध विक्रम शाहले लर्ड हेस्टिंगलाई बिक्री गरे.
त्यसको लगतै १० फेब्रुअरी, १८१६ को ब्रिटिश इन्डिया तथा सिक्किमको तितालियाको सन्धिमा लर्ड हेस्टिंगस् ले यस अघि सुगौली सन्धिमा आफुले आधिग्रण गरेको लिम्बुवान भूभाग मध्ये जलालगड उतर र जोगवनी/गलगलिया दक्षिणको भूभाग आफैसंग राखी मेची नदि पुर्व, टिस्टा नदि पश्चिम अर्त्थात सुक्किम र तजेलुंग थुम लाई सिक्किमका राजा चुंगफुद नामग्याल लाई सुम्पे र तिब्बतमा ब्यापार गर्नका लागि सिक्किममा ब्यापार मार्ग को आधार भुमि तयार पारे.

No comments:

Post a Comment

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।...